काठमाडौं : १८ वर्ष उमेर पूरा भएको जुन वडाको मतदाता रहेको हो सोही वडाबाट व्यक्ति विधान बमोजिम प्रक्रिया पूरा गरेर नेपाली कांग्रेसको क्रियाशील सदस्य बन्न सक्छ। १५० वा सो भन्दा कम क्रियाशील सदस्य भएको वडामा निम्नानुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधि हुन्छन:
-१५० वा सो भन्दा कम क्रियाशील सदस्य भएको वडामा सभापति सहित १६ जना(देहायबमोजिम)
-प्रत्यक्ष निर्वाचित=३ महिला सहित ९ जना
-समानुपातिक तर्फ
-महिला=१
-दलित=१
-आदिवासी जनजाति=१
-खसआर्य=१
-मधेसी,थारु,मुस्लिम,पिछडिएको क्षेत्र(उक्त जनसंख्याको प्रतिनिधित्व गर्ने क्रियाशील सदस्य नभएमा क्रियाशील सदस्यको जनसंख्याको बनोटको आधारमा खस आर्य,आदिवासी जनजाति पनि हुन्सक्छ।)=२(बांकी)
-वडा सभापति=१
१५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा पचहत्तरको सीमाभित्र रही प्रति एक सय क्रियाशील सदस्यमा दुई महिला सहित ६ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुन्छन।

गाउँ वा नगरको वडा अधिवेशनमा नेपाली कांग्रेसका उक्त वडाभित्र रहेका सबै क्रियाशील सदस्यले भाग लिन पाँउछन। तर १४ औं महाधिवेशनको सन्दर्भका लागि महामारीलाई मध्यनजर गर्दै कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम प्रदेशसभा क्षेत्रीय प्रतिनिधिले मात्र गाउँ नगर नेतृत्व निर्वाचित गर्न अधिकार पाएका छन।

वडा सभापति स्वत प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुन्छ। क्रियाशील सदस्यलाई वडा र गाउँ/नगरको अधिवेशनमा भाग लिने अधिकार हुन्छ। प्रदेशसभा क्षेत्रीय प्रतिनिधिलाई गाउँ/नगरसहित प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचन र जिल्ला कार्यसमितिको निर्वाचनमा भाग लिन पाउने अधिकार हुन्छ। गाउँ/नगर कार्यसमितिले १ महिला सहित २ जना अपांगता भएका व्यक्तिलाई प्रदेशसभा क्षेत्रीय अधिवेशनको लागि प्रतिनिधि मनोनित गर्दछ।

 

Your Views
Related News