![](https://jalpakhabar.com/wp-content/uploads/2021/08/43141673-6CE1-46F1-9EEE-459045DA54AB.jpeg)
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको घाँटीको देब्रे भागमा सानो आकारको ट्यूमर देखिएको छ ।
भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत नेताको देब्रेतर्फको घाँटीको नलीबाहिर सानो आकारको ट्यूमर देखिएको उपचारमा संलग्न चकित्सकले बताएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता गिरि एक साताअघि उपचारका लागि मुम्बई गएका थिए । उनलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि बिहीबार मुम्बई गएका थिए । निधिले शुक्रबार बिहान अस्पताल पुगेर नेता गिरिलाई भेटेका हुन् ।