नेपालमा थप ३,०४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २६ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख २३ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,४५५ पुगेको छ।

मन्त्रालयले शुक्रवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा थप २,२४४ जना निको भएका छन्।

कुल १७,६५४ परीक्षण गर्दा १९.५ प्रतिशतमा कोभिड सङ्क्रमण देखिएको हो।

तीमध्ये ७,१२४ जनामा एन्टिजन परीक्षण गरिएकोमा ९६३ जनामा कोभिड पुष्टि भएको हो।

अहिले नेपालमा ४०,३०९ जनामा सक्रिय सङ्क्रमण छ।

कहाँ छन् सङ्क्रमित?

तस्बिर स्रोत, REUTERS

तस्बिरको क्याप्शन, कोभिड नेपाल

तीमध्ये ३,३८७ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

अस्पतालमा उपचार गराइरहेकामध्ये ७१४ जना सघन उपचार कक्ष आईसीयूमा र १७१ जना भेन्टिलेटरमा छन्।

विगत २४ घण्टामा सबैभन्दा बढी काठमाण्डू जिल्लामा ६०४ सङ्क्रमित भेटिएका हुन्।

नेपालभरि २१ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १८ जिल्लामा २०० देखि ४९९ सक्रिय सङ्क्रमित रहेका मन्त्रालयको तथ्याङ्क छ।

५०० भन्दा बढी सक्रिय सङ्क्रमित कहाँ धेरै?

५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूको सङ्ख्या बाग्मती प्रदेशमा उच्च छ।

उक्त प्रदेशका काठमाण्डू, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी छ।

गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की,बागलुङ, गोरखा र स्याङ्जामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

प्रदेश १ का मोरङ, सुनसरी र झापाको अवस्था पनि त्यस्तै छ।

लुम्बिनी प्रदेशका दुई जिल्ला दाङ र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने कर्णाली प्रदेशको सुर्खेत अनि सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि सङ्ख्या ५०० माथि छ।

कतिले लगाए खोप?

अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ३७लाख नाघेको मन्त्रालयले जनाएको छ।

अक्सफर्ड-आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्।

तस्बिरको क्याप्शन,  

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ –

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि –

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुला रहने बताइएको छ।

 

Your Views
Related News