![](https://jalpakhabar.com/wp-content/uploads/2021/08/FF50AEF0-B700-4149-B47B-92E265538799.jpeg)
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्सेे)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन् । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए ।
उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन भएर दोषीमाथि कडा हुनुपर्ने बताउँदै आएका छन् ।
उनले आजै अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएर पत्रकार सम्मेलन गर्ने तयारी गरेको स्रोतले बताएको छ ।
साउदको कार्यकाल करिब ३ महिना मात्रै बाँकी थियो ।