काठमाडौं : अर्जेन्टिनी सुपर स्टार लिओनल मेस्सीले आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि डेब्यु गर्ने सम्भावना छ । पीएसजीले लिग वानको चौथो खेल रेईम्ससँग खेल्दैछ ।

अहिलेसम्म मेसी बिना नै पीएसजीले शुरुवाती तीन खेलमा ट्रायस, स्ट्राटवर्ग र ब्रेस्टलाई पराजित गर्दै राम्रो शुरुवात गरेको छ ।

अहिले प्रशिक्षक माउरिसियो पोचेटिनासँग काम गरेपछि मेस्सीलाई टिममा बोलाइएको छ ।

मेसीको डेब्यु वैकल्पिक खेलाडीको रुपमा हुने सम्भावना बढी छ । उनले कोपा अमेरिकापछि खेलेका छैनन् । उनले दोस्रो हाफमा ३० मिनेट खेल्ने सम्भावना छ ।

के मेस्सीले पीएसजीका लागि स्ट्राइकरमा खेल्छन् ?

पोचेटिनोले मेस्सीलाई दायाँ भागमा खेलाउने सम्भावना छ । नेमार बायाँ खेल्नेछन् । रियल मड्रिड जाने हल्ला चलेका मिलियन एमबाप्पेले बीचमा खेल्नेछन् ।

माउरो ईकार्डी घाइते छन् । त्यसैले मेस्सीले बीचमा खेल्ने सम्भावना कम भएको समाचारमा जनाइएको छ । पोचेटिनोको लागि अझै धेरै विकल्प छ ।

 

Your Views
Related News