नुवाकोट जिल्ला सुर्यगढी गाउँपालिका तरुण दल सदस्य सञ्ज्य तामाङ लाइ प्रहरीले संकासम्त रूपमा ट्राफिक प्रहरीले काठमाण्डौ तारकेश्‍वर- ६ धर्मस्थलीबाट पक्राउ गरेको छ ।

संजय आफ्नो मोटरबाइक खोज्नको लागि साथीको बाइकमा साथी सगै थिए र सोही क्रममा समातिएका हुन।

सञ्जयले२०७८ _०४_१६ गते आफ्नो बाइक(३_०२_००७प६६५२) हरायको निवेदन बालाजु प्रहरी कार्यालयमा उजुरी गरेका थिए  ।

पक्राउ पर्ने अर्का, जिल्ला नुवाकोट तादी गाउँपालिका- ६ घर भई हाल काठमाण्डौ तारकेश्‍वर- ६ बस्ने वर्ष ३२ का बुद्धि बहादुर तामाङ् रहेका छन् ।

ट्राफिक प्रहरीले काठमाण्डौ तारकेश्‍वर- ६ धर्मस्थलीबाट बा ८९ प ७९६९ नम्वरको कालो, रातो रंङको २२० सी.सी.को पल्सार मोटरसाईकल शंकास्पद रूपमा चलाईरहेको अवस्थामा फेलापारी चेक जाँच गरी बुझ्दा उक्त च्यासिस तथा ईन्जिन नम्वर भएको मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-००२ प ४८०३  खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

सञ्जको बाइक श्रावण १५ गते चोरी भएको थियो र उक्त बाइक बा ९९ प ५३२ नम्बर परिवर्तन गरी चलाई रहेको अवस्थामा प्रहरीले फेला परेको छ।
प्रहरीले बाइक फेला पारेर संजय तामाङ लाई बुझाएको छ साथै उनलाई पनि निर्दोस सावित गरी छाडिएको छ।

 

 

Your Views
Related News