राधी विद्युत कम्पनी (RADHI) ले शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर बुझाउन आग्रह गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३६.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । कम्पनीले उक्त बोनस शेयरमा लाग्ने कर बुझाउन शेयरधनीहरुलाई आग्रह गरेको हो ।

कम्पनीले बोनस शेयरमा लाग्ने कर कनेक्ट आईपीएस वा बैंक अफ काठमाण्डौंको ०१०००००६३५१७५२४ खाता नम्बरमा जम्मा गर्न आग्रह गरेको छ । कर वापतको रकम भुक्तानी भएपछि त्यसको भौचर सहित कम्पनीमा इमेल गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

बोनस पावत लाग्ने करको रकम भुक्तानी नभए शेयरधनीले पाउने बोनस फ्रिज हुने कम्पनीले जनाएको छ ।

 

Your Views
Related News