नुवाकोट : नेपाली कांग्रेस तादी गाउँपालिका १ को वडा सभापतिमा यादव खनालको चयन हुनुभएको छ ।

आइतबार भएको भेलाले  खनालको सभापतित्वमा २२ सदस्यीय समिति गठन गरेको हो । उपसभापतिमा बद्रीबहादुर थापा, उदय तामाङ, सचिव राम तामाङ, गोकर्ण थापा, सहचिवमा अजय तामाङ, भैरवबहादुर तामाङ चयन हुनुभएको छ भने कोषाध्यक्ष पछि चयन गर्ने निर्णय गरिएको छ ।

यस्तै सदस्यहरुमा सोम्बर जिम्बा, जितबहादुर बिक, चक्रबहादुर तामाङ, कामी तामाङलगायत हुनुहुन्छ ।

भेलाले ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ भने १४ औं महाधिवेशनका लागि विभिन्न क्लस्टरबाट १७ जना प्रतिनिधि सदस्य चयन गरेको नेविसंघका नेता निरन्जन थापाले बताउनु भयो।

 

Your Views
Related News