नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले अन्तर्राष्ट्रिय व्यवसाय भित्राउन २६ ब्रोकर कम्पनी छनौट गरेको छ । कम्पनीले नेपाल रि रेट्रो पोग्राम २०७८/७९ का लागि उक्त ब्रोकर कम्पनीहरुकाे छनौट गरेको हो ।

पुनर्बीमा कम्पनीले नेपालमा व्यवसाय भित्राउन विदेशी पुनर्बीमा ब्रोकर कम्पनीसँग सहकार्य गर्दै आएको छ ।

त्यस अनुसार चालु आर्थिक वर्षका लागि कम्पनीले विभिन्न देशका २६ वटा कम्पनीहरु सहकार्य गर्नेछ ।

कम्पनीले आफ्नो जोखिमभारलाई अन्य पुनर्बीमकमा हस्तान्तरण गर्नको लागी नेपाल रि रेट्रो प्रोग्राम अन्तर्गत पुनर्बीमा ब्रोकरहरुको सूची सार्वजनिक गरेको जनाएको छ ।

 

Your Views
Related News