![](https://jalpakhabar.com/wp-content/uploads/2021/09/DEA046A3-2B2E-4A30-9470-5794DF8A5322.jpeg)
काठमाडौं : पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।
बुधबार बिहान २ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।
Your Views
Related News