भदौ ३० गते बुधबार पनि नेप्से सूचक ४० अंकले घटेर बन्द भएको छ। बैंक तथा वित्तीय संस्थामा तरलता कमी हुनु र ब्याजदर बढ्ने हल्लाले पछिल्लो समय शेयर बजारमा नकारात्मक प्रभाव परेको छ।

यस दिन नेप्से सूचक ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ७.१६ अंकले घटेको छ।

पछिल्ले समय बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाउन थालेका छन्। केही बैंकले ९ प्रतिशतसम्म ब्याज दिन थालेका छन्। यसले गर्दा शेयर बजारमा भने नकारात्मक प्रभाव पारेको देखिन्छ।

बुधबार काराेबार रकम सामान्य बढेको छ। यस दिन ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५० रुपैयाँ बराबरको १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता शेयर कारोबार भएको छ।

 

यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ६.६७ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ४.०८ प्रतिशत, माउन्टेन

इनर्जीको १.९७ प्रतिशत र नारायणि डेभलपमेन्ट बैंकको १.६६ प्रतिशतले बढेको छ।

यसैगरी बुधबार हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ६.८८ प्रतिशतले घटेको छ भने गोर्खाज फाइनान्सको ५.४१ प्रतिशत, रुरु जलविद्युतको ४.८६ प्रतिशत, सिन्दु विकास बैंकको ४.४६ प्रतिशत र गुडविल फाइनान्सको ४.३१ प्रतिशतले घटेको छ।

 

बुधबार पनि अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सानिमा लाइफ इन्स्योरेन्सको १७ करोड,आइसिएफसि फाइनान्सको १५ करोड, रैराङ हाइड्रोपावरको १४ करोड र नेश्नल हाइड्रोपावरको १३ करोड रुपैयाँ बराबरको शेयर बारोबार भएको छ।

 

Your Views
Related News