वीरगन्जः बुधबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा अर्कैको नाममा परीक्षा दिने एक नक्कली परिक्षार्थी पक्राउ परेका छन् । पर्साको पर्सागढी नगरपालिकाको बरवाटाडी छटैलीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार भएको पहिलो दिनको परीक्षामा एक नक्कली परिक्षार्थी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बरवा छटैलीका कक्षा १२ का विधार्थी सन्दीप दासको सट्टा परीक्षा दिइरहेको अवस्थामा राजचन्द्रलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सन्दीपको प्रवेशपत्रमा सन्दीपको फोटो हटाएर आफ्नो फोटो टासेर राजचन्द्रले परीक्षा परीक्षा दिइरहेका थिए । विद्यालयका शिक्षकले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी बढ्निहारको टोलीले राजचन्द्रलाई नियन्त्रणमा लिएको हो ।

पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेका अनुसार प्रवेश पत्रमा सन्दीपको तस्बिर उप्काएर राजचन्द्रको टाँसिएको अवस्थामा भेटिएको हो । पक्राउ परेका नक्कली परीक्षार्थी राजचन्द्रलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनी विरुद्ध परीक्षा नियमावली अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।

 

Your Views
Related News