काठमाडौं : साइबर ब्यूरोले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका भ्रामक कुरामा विश्वास  नगरी सतर्कता अपनाउन आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले बैंक तथा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृति बढिरहेकाले सचेत हुन आह्वान गरेको हो।

ब्यूरोका अनुसार विगत केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै चिठ्ठाबापतको रकम पाउनका लागि कर चुक्ता गर्न यति रकम चाहिने भएकोले बैङ्क तथा अनलाईनमार्फत पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृति बढिरहेको पाइएपछि यस्ता भ्रामक कुरामा विश्वास नगरी ठगी हुनबाट बच्न अनुरोध गरेको हो।
ब्यूरोले सामाजिक सञ्जाल भाइबर, वाट्स्‌एप, इमो लगायतका विभिन्न सामाजिक एपहरूमार्फत भिडियो, अडियो तथा टेक्स्ट मेसेज गरी प्रलोभनमा पार्दै ठगी हुने गरेको पाइएको जनाएको छ।

 

Your Views
Related News