महोत्तरी : महोत्तरीको औरही बजारबाट प्रहरीले २२ हजार नेपाली नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत बिहार राज्यको मनपौर ग्राम पंचायतका २१ वर्षीय पिन्टूकुमार राय र सोही स्थानका १२ वर्षीय रितेश कुमार सिंह रहेका छन्।

एक पान पसलमा भुक्तानी दिने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
उनीहरु सवार वी आर ३० भी ९४८७ नम्बरको स्कुटीमा चेकजाँच गर्ने क्रममा सो परिमाणको नक्कली नोट फेला परेको प्रहरी निरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिए।

उनीहरुको साथबाट नेपाली हजारको २२ वटा नक्कली नेपाली नोट फेला परेको बस्यालले बताए।

प्रहरीको नियन्त्रणमा रहेको उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

 

Your Views
Related News