sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;

जनकपुरधाम: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) केपी ओलीको प्रधानमन्त्रीकालमा तत्कालिन अर्थमन्त्रीले बिगारेको आरोप लगाएका छन् ।

तत्कालिन अर्थमन्त्रीले एमसीसी बिगारेर संसदबाट अनुमोदन गर्ने प्रावधान राखेको उनको भनाइ थियो । ‘एमसीसी वा कुनै पनि मित्र राष्ट्रसँग विकास नगर्ने भन्ने हुँदैन, बरु एमसीसी सम्झौता जस्तो ओरिजिनल थियो, त्यसलाई बिगारिएको छ, केपी ओलीको पालामा अर्थमन्त्रीले बिगारेर संसदबाट अनुमोदन गर्ने प्रावधान राखेसँगै विवादित भयो, यो संसदबाट अनुमोदन गर्ने प्रावधान राखेसँगै विवाद सुरु भयो’ अध्यक्ष दाहालले भने ।

जनकपुरधाममा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन प्रचण्डले यस्तो बताएका हुन् । यस्तै एमसीसीलाई अमेरिकाका केही मन्त्रीहरुले आफ्नो डकुमेन्टमा ईन्डो प्यासिफिक स्ट्राटेजीको अंग भनेपछि विवाद झन् चर्किको उनले बताए ।

उनले अघि थपेका छन्, ‘अझ केपी ओलीको पालामा परराष्ट्रमन्त्री अमेरिका गएको बेलामा एउटा डकुमेन्ट के घोषणा भयो भने, आईपीएसको मेम्बर भएको घोषणा भएसँगै जनतामा गम्भीर किसिमको सवाल पैदा भएको छ, त्यसैले यी गलत ढंगबाट भएको घोषणा, पैसा र विकासको नाममा जे पनि लिन सकिँदैन, त्यसैले संशोधन र परिमार्जन भयो भने फेरि एमसीसी स्वीकार गर्न सकिन्छ ।’

एमसीसीमा परिमार्जन र संशोधन गरेर राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढाउन सकिने दाहालको भनाइ छ । तर हतार गर्न नहुने उनले बताए । ‘अमेरिकाले पनि यो कुरा बुझेको छ, सबैको सहमति बनाएर मात्र यो कुरा अगाडि बढाउन सकिन्छ’ प्रचण्डले भने ।

 

Your Views
Related News