काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अस्वभाविक ढंगले गठन भएको भन्दै यसलाई अवैध भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँमा नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘यो सरकार स्वभाविक ढंगले आएको होइन । परमादेशबाट आएको सरकार हो । अस्वभाविक उद्देश्य पूरा गर्न लागिपरेको छ । जनताप्रति उत्तरदायी सरकार होइन ।’

सत्ता सञ्चालन गरिरहेको पाँच दलीय गठबन्धन नै अवैध भएको ओलीको जिकिर छ । उनले भने, ‘पाँच पार्टीको जनादेश छैन, कोही एक सिट जितेका छन् । कोही अवैध ढंगले दर्ता गरेर आएका छन् ।’

उनले सरकारलाई भ्रष्टाचार गर्न नदिन कर्मचारीले भूमिका खेल्नुपर्ने बताएका थिए । ‘देशमा अझै पनि भ्रष्टाचार छ । तपाइँहरुको काँधमा ठूलो जिम्मेवारी छ । भ्रष्टाचार विरोधको उदाहरण हुनुपर्छ । कसैले घुस खान भन्यो भने पनि खान्न भन्ने आँट गर्नुपर्छ ।’

 

Your Views
Related News