पोखरा : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको इज्जत प्रतिष्ठा सबै गुमेको बताएका छन् । संविधान दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) पार्टीले आयोजित लोकतन्त्र एवं संविधान रक्षाको निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकता भेलामा बोल्दै नेपालले यसो भनेका हुन् ।

नेकपा एमालेका हवीगत किन यस्तो भयो ? देशको हवीगत किन यस्तो भयो सबैले पहिल्याउने बेला आएको उनले कार्यकतामाझ बताए । संविधानमाथि  धावा बोलेको भन्दै नेपालले नेकपा एमालेको नाम लिने वित्ति जनताले नाक, मुख खुम्च्याउने गरेको बताए । सारा जनताको नजरमा एमाले तल खसेको गिरेको उनले सुनाए ।

प्रतिनिधिसभाको विघटन प्रधामन्त्रीको पद खोसिन्छ कि ? बहुमत गुम्छ कि, मलाई हटाउँछन् कि भन्ने ठानेर गरिएको नेपालले बताए । कुनै एउटा व्यक्तिले मनपरि ढंगले प्रतिनिधिसभा विघटन गर्न नपाउने उनले बताए ।

आफ्नो आदेश नमान्दा कत्लेआम हत्या गर्न नपाइने उनले सुनाए । नेपालले  प्रतिनिधिसभा विघटन हुनु भनेको सबै संसदको कत्लेआम हत्या जस्तै भएको बताए । जनताको अभिमतको हत्या भएको पनि उनले बताए । सर्वोच्च अदालतको पूर्णपाठले शासन सत्तमा बस्नेले संविधानको उल्लंघन गरेर शासन गर्ने छुट कोही कसैलाई नभएको प्रष्ट लेखिएको उने बताए ।

संविधानमाथि आघात पुर्‍याउनेलाई नेपाली जनताले सजाय दिने नेपालले बताए ।’ पहिले नै प्रतिनिधिसभा विघटन गर्न हुँदैन थियो । दोस्रो पटक त झन हुँदै हुँदैन थियो,’ उनले भने । आफूलाई कसैको निन्दा गर्ने फुर्सद नभएको उनले सुनाए ।

सर्वोच्चको फैसला संविधान बादको इतिहासमा कोसेढुंगा 

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठको पुस्तक देखाउँदै नेपालले भने २०७८  असार २८ गतेको सर्वोच्चको फैसला एेतिहासिक रहेको बताए । पहिलो फैसलामा टेकेर दोस्रो फैसला लिएको पनि उनले सुनाए ।

संविधानवादको इतिहासमा सर्वोच्चको फैसलाको पूर्णपाठ कोसोढुंगाको रुपमा नेपालको इतिहासमा दर्ज हुने उनले बताए । सर्वोच्च अदालनको फैसलाले नेपालको इतिहासमै संविधानको व्याख्या गरेको पनि उनले सुनाए । ‘हामीले प्रतिवद्धता गरेको विषय हामी संविधानलाई मिच्ने छैनौं, संविधानको पालना गर्नेछौं । संविधानको मुल्यमान्यता मान्ने छौं भन्नेहरुले यसको बारेमा सर्वोच्च अदालतको यो पूर्णपाठ पढे बुझिने बताए ।

वाइडबडी भ्रष्टाचार र झापामा भएको भ्रष्टाचार छानवीन गर

वाइडडीमा भएको भ्रष्टाचार र झापामा भएको अरबौंको भ्रष्टाचार छानवीन गर्न अध्यक्ष नेपालले गठबन्धनको सरकारसँग माग गरेका छन् । एमाले सरकारले छानवीन नगरेको तिर संकेत गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले वाइडबडीमा र झापामा भएको अर्बौको भ्रष्टाचार गठबन्धनको सरकारलाई छानवीन गर्न माग गरे ।

‘कस्ले भ्रष्टाचार गर्यौं यो हामी जान्दैनौं उनले भने ,’ छानवीन नभइकन कसैलाई आरोप लगाउन पनि नमिल्दैन,देश लुट्न पाइदैन।’ वाडबडी खरिदमा एउटा भाउ हुन्छ अर्को पैसा तिरिन्छ भन्दै नेपालले छानवीनको माग गरे ।

हामी भ्रष्टाचार गदैनौं भन्ने लुटी खाने प्रवृत्तिविरुद्ध आफ्नो पार्टी लाग्ने भन्दै आफ्नो पार्टीले भ्रष्टाचार नियन्त्रण गर्ने पनि नेपालले सुनाए ।

नेपाल एयरलाइन्सले गरी खाने अवस्था छैन 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले नेपाल एयरलाइन्सले गरिखाने अवस्थामा नदेखिएको बताए । पहिले नेपाल बैंक टाट पल्टने अवस्थामा पुगेर विदेशी ल्याएर जोगाइएको भन्दै अब त्यस्तो अवस्था भने नरहेको र नेपाली युवा नै सक्षम रहेको उनले बताए ।

पोखरामा आइतबार आयोजित कार्यकता भेलालाई सम्बोधन गर्ने क्रममा संसद बिघटनको फैसला गर्दाको सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठको पुस्तक  देखाउदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ।

संविधान दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) पार्टीका आयोजनामा भएको लोकतन्त्र एवं संविधान रक्षाको निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकता भेलामा बोल्दै अध्यक्ष नेपाल ।

संविधान दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) पार्टीका आयोजनामा भएको लोकतन्त्र एवं संविधान रक्षाको निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकता भेलामा सहभागी ।

 

Your Views
Related News