काठमाडौं : काठमाडौं महानगरभित्रका विद्यालय असोज १० गते सञ्चालन हुने भएका छन्। महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। बुधबार महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्युनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो निर्णय गरेको हो ।

बैठकका अध्यक्ष शाक्यले सरकारले गरेका निर्णय विद्यालयहरुले पूर्ण पालना गर्नुपर्ने बताए। विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्ण पालना गर्ने गराउने विषयमा भने शिक्षा विभागले अनुगमन गर्नेछ ।

शिक्षा अधिकारी रामप्रसाद सुवेदीकाअनुसार विद्यालयले कक्षा सञ्चालन विस्तृत कार्ययोजना बनाएर शिक्षा विभागमा पेश गर्नुपर्नेछ । यसमा भौतिक दूरी कायम गर्ने गराउने, मास्क लगाउने, हात धुने, ज्वरो मापन गर्ने, सामूहिक क्रियाकलाप नगराउने, खाजा घरबाटै लैजाने जस्ता विषयलाई मापदण्डमा कार्यान्वय योजना हुनुपर्नेछ ।

 

Your Views
Related News