चितवन : गैंडा मारेर तस्करी गरेको आरोपमा आठ जना पक्राउ परेका छन्। चितवन राष्ट्रिय निकुञ्जले तस्करीको आरोपीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ। गैंडा तस्करमा संलग्न १७ मध्ये ८ जनालाई पक्राउ गरेको हो।

गैंडाको खाग तस्कर गरेको आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन्। मकवानपुरको मनहरी गाउँपालिका–४, मसिने टोंग्राङ खोलाका ३० वर्षीय जयबहादुर प्रजा, ३६ वर्षीय सिंहराम प्रजा र सुरेश प्रजा रहेका छन्। उनीहरुले गत साउन साउन ३२ देखि भदौ १० गतेसम्म गैंडा मारेर खाग बिक्री गरेका निकुञ्जको आरोप छ। अझै ९ जना फरार रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।

त्यस्तै निकुञ्जले  नवलपुरको गैंडाकोट–१ का ३२ वर्षीय गोपाल सारु, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार श्रेष्ठ, मकवानपुरको साविक सरीखेत गाउँपालिका ९ का २९ वर्षीय करण मोक्तान भन्ने करण प्रजा, मनहरी–४ नयाँबस्ती बस्ने २७ वर्षीय सरोज मुक्तान र चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङलाई पक्राउ गरेका छन्।

उनीहरु विरुद्ध चितवन जिल्ला अदालतमा २ वटा मुद्धा दायर गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जले यही वर्ष गैंडाको चोरीतस्करी मुद्धामा १४ जना पक्राउ गरेको थियो।

 

Your Views
Related News