काठमाडौं : राष्ट्रियसभाको बैठक सरेको छ । आइतबारका लागि बोलाइएको बैठक १८ गतेका लागि सरेको हो । संघीय संसदका महासचिवडा. भरतराज गौतमले बैठक १८ गतेका लागि सारेको जानकारी दिएका छन्।

जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार बैठकको दिन र समय परिवर्तनसम्बन्धी सूचना मिति २०७८ साल असोज १७ गते आइतबार दिनको १:०० बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

 

Your Views
Related News