प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेस्लो न्यान्तीबीच भेटवार्ता कार्यक्रम।

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेस्लो न्यान्तीबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मालाई भेटन राष्ट्रसंघीय आवासीय प्रतिनिधि न्यान्ती बिहीबार जंगी अड्डा पुगेकी थिइन् ।

भेटका क्रममा उनीहरुबीच संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागितालगायत विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो क्रममा आवसीय प्रतिनिधिले राष्ट्रसंघीय मिसनमा शान्ति स्थापनार्थ नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरेकी थिइन् ।

भेटका क्रममा द्विपक्षीय महत्वको विषयमा छलफल भएको थियो । दुई उच्च अधिकारीबीचको भेटले नेपाली सेना र संयुक्त राष्ट्रसंघबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउने विश्वास नेपाली सेनाले लिएको छ।

 

 

Your Views
Related News