काठमाडौं : साफ च्याम्पियनसिप २०२१ मा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले शुक्रबार राति भएको खेलमा आयोजक माल्दिभ्समाथि १–० को जित निकालेको हो।

नेपाललाई जित दिलाउन सब्सिच्युट खेलाडी मनिष डाँगी नायक बने। उनले खेलको ८६औं मिनेटमा माल्दिभ्सका डिफेन्डरलाई झुक्याउँदै उत्कृष्ट गोल गर्दै नेपाललाई जित दिलाएका हुन्।

खेल अवधिभर घरेलु टोली माल्दिभ्समाथि हाबी भएको नेपालमाथि माल्दिभ्स गोल गर्न चुकेको थियो। उसका लागि ७९ मिनेटमा हसन नाइजले सिक्स यार्डबाट पाएको अवसर गुमाएका थिए।

यसअघि उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो। बंगलादेशले १–० गोलले खेल आफ्नो पक्षमा पारेको हो।

साफ च्याम्पियसिपमा यसपटक कोरोना महामारीका कारण भुटानले सहभागिता जनाएको छैन। त्यस्तै फिफाको प्रतिबन्धका कारण पाकिस्तान खेलबाट बञ्चित भएको छ।

हल नेपालसहित भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्स खेलिरहेका छन्। यी पाँच टोली एकआपसमा खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

हालसम्म फाइनल पुग्न नसकेको नेपालको लक्ष्य फाइनल पुग्नु रहेको छ।

अब नेपालले श्रीलंकासँग असोज १८ गते राति ९ः४५, २४ गते राति ९ः४५ मै भारत र बंगलादेशसँग २७ गते अपराह्न ४ः४५ मा खेल्नेछ।

 

Your Views
Related News