काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले नेतृत्वले मन टुटेका र नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन्। काठमाडौं नगरपालिकाको अधिवेशनमा बोल्दै थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए।

कांग्रेस अहिलेको यथास्थितिवादले जनताको विश्वास जित्न नसक्ने बताए। ‘आज जसरी चलेको छ यसले यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन,’ उनले भने। नेता थापाले कांग्रेसभित्र शुद्धिकरण आवश्यक भएको पनि बताए। तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो।

‘कांग्रेसभित्र ठूलो सुदृढिकरण र सुधारको खाचो छ,’ उनले भने,‘हामीलाई चाहे खुल्ला मञ्च,सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ, नागरिकहरुको टुटेको मन जोड्ने कांग्रेस चाहिएको छ।’

नेता थापाले आउँदो तीन तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए। सम्पूर्ण कम्युनिष्ट र मधेशवादी दलहरु मिलेपनि कांग्रेस पहिलो पार्टी बन्ने गरी काम गर्न उनले आग्रह गरे। ‘यो अधिवेशन सकिएपछि हामीसँग संगठन बनाउन ६,७ महिना बाँकी रहन्छ,’उनले भने।

 

Your Views
Related News