काठमाडौं : यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा मनसुनको बहिर्गमनको अक्टोबर २ रहेतापनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा रहेको छ।

विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको  प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ। शनिबार र आइतबार देशका केही स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार राति र आइतबार दिउँसो प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आइतबार दिउँसो प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । शनिबार राती प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ।

आइतबार प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो।

 

Your Views
Related News