काठमाडौं : कारोबारको चौथो दिन नेप्से परिसूचक ६८.४७ अंकले वृद्धि भएको छ। बुधबार शेयर कारोबार मापन परिसूचक नेप्से ६८.४७ अंकले बढेर २६ सय ८१.१० विन्दुमा पुगेको हो। साताको दुई दिन निरन्तर घटेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार दोहोरो अंकले बढेको थियो। मंगलबार नेप्से ४१.८४ अंकले बढेर २६ सय १२.६५ विन्दुमा अडेको थियो।

यस दिन नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। २२७ कम्पनीको ८१ लाख ८९ हजार ८९० कित्ता शेयर ४ अर्ब ५० करोड मूल्यमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन २ अर्ब ९९ करोड ६८ लाख मूल्य बराबरको कारोबार भएको थियो।

यस दिन कारोबारमा आएका १३ वटै समूहको शेयर मूल्य बढेको छ। फाइनान्स समूहको परिसूचक सर्वाधिक ६.५९ प्रतिशतले वृद्धि हुँदा माइक्रो फाइनान्सको ५.८ र डेभलपमेन्ट बैंकको ४.८२ प्रतिशतले बढेको हो।

यस्तै अन्य समूहको परिसूचकमा वृद्धि भएको छ। मंगलबार ट्रेडिङबाहेक १२ समूहको परिसूचक बढेको थियो। सो दिन वित्त समूहको सूचक सर्वाधिक ४.१६ प्रतिशतले वृद्धि भएको थियो। यसदिन एक दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सर्पोट माइक्रो फाइनान्स, महिला लघुवित्त वित्तीय,ग्लोबल आइएमइ लघुवित्तलगायत कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो।

बुधबार कारोबार रकमका आधारमा सिटीजन बैंक अग्रस्थानमा रह्यो। यसदिन यो कम्पनीको २३ करोड ४ लाख ३७ हजार ९२७ रुपैयाँको कारोबार भयो।

 

Your Views
Related News