सन् २०२३ को लागि आजदेखि डिभी लोटरी खुल्ने भएको छ । आज बेलुकी ९ः४५ बजेदेखि अनलाइनमार्फत डीभी लोटरी भर्न सकिनेछ । अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तर्गतको वेवसाइट अमेरिकी स्टेट गभर्मेन्टको वेवसाइटमा गएर सक्कली पासपोर्ट, फोटोलगायत कागजात राखेर भर्न सकिन्छ ।

आज अक्टोबर ६ बाट खुलेको डीभी लटरी नोभेम्बर ९ को पौने १० बजेसम्म भर्न सकिनेछ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेललगायतका विवरणहरू बुझाउनुपर्छ । केही वर्ष अगाडिबाट डीभी भर्दा पासर्पोट नम्बर समेत अनिवार्य रुपमा भर्नुपर्ने बनाइएको छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग गर्दा डीभी पर्ने सम्भावना कम हुन्छ । त्यस्तै डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बालबच्चा हुनेहरूले उनीहरूको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने छ ।

डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरूले पनि यसपटक डिभी भर्न सक्नेछन् ।

 

Your Views
Related News