बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको टिम्मुरे रतनकोट जुगे सडकमा आजबाट सुरु भएको बस सेवा संचालनको शुभराम्भ गरे । नेपाली कांग्रेस खेलकुद विभाग प्रमुखसमेत रहेका बस्नेतको पहलमा उक्त सडक निर्माणका लागि ३० करोड ७४ लाख रुपैयाँ विनियोजित भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस केन्द्रीय बाढी पहिरो विपद व्यवस्थापन समन्वय समिति संयोजक बस्नेतले
उक्त सडक निर्माणमा आफू सांसद हुँदा ३० करोड ७४ लाख बिनियोजन गराएको जानकारी गराएका थिए । त्यस्तै पूर्वमन्त्री बस्नेतले सडक निर्माण कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दै उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरी बस संचालनमा ल्याएकोमा सबैलाई धन्यवाद दिए । सडक संजाल निर्माण गरी बस संचालनबाट सर्वसाधारणलाई सुविधा पुग्ने भएकोले पुर्वमन्त्री बस्नेतले खुसी व्यक्त गरे ।

 

 

Your Views
Related News