काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन्। प्रधानमन्त्री बनेको झण्डै तीन महिना पछि देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन्।

बिहीबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठवन्धनको बैठकले मन्त्रालय भागवण्डाको विषयमा मोटामोटी सहमति कायम गरेका छन। यद्यपी, कांगेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी पार्टीले आकांक्षी धेरै भएका कारण मन्त्री छान्न सकेका छैनन्। सत्ता गठवन्धनमा आवद्ध सबै दलले मन्त्रीको नाम दिए प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिमण्डल विस्तार गर्ने छन्।

शुक्रबार बिहानैदेखि सत्ता गठबन्धन दल मन्त्री छान्न आन्तरिक छलफलमा जुटेका छन्। नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंग्याइसकेको छ। नेपाली कांग्रेस, नेकपा समाजवादी र जनता समाजवादी पार्टी आन्तरिक छलफलमा जुटेका छन्।

माओवादी केन्द्रले भने देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई सरकारमा पठाउने निर्णय गरेको छ।

देउवा असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका थिए।

 

Your Views
Related News