जनकपुरधाम : महोत्तरी प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जनालाई पक्राउ गरेको छ ।

सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बोकेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा महोत्तरीकै मनरा सिस्वा नगरपालिका-५ कटैया बस्ने ३४ वर्षीय दीपेन्द्रकुमार साह र भंगहा नगरपालिका-७ बस्ने १८ वर्षीया बिन्दा कुमारी साह छन् ।

दीपेन्ऽले पिठ्युमा बोकेको झोलाभित्र राखेको पाँच लाख, मोटरसाइकलको सिटमुनिमा लुकाइएको २ लाख, मोटरसाइकलको एयर फिल्टरको पल्लाभित्र लुकाइएको तीन लाख र उनको खल्तीबाट चार हजार चार सय गरी १० लाख चार हजार चार सय रकम बरामद भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

साहद्वयलाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कार्बाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।q

 

Your Views
Related News