इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक जना थुनुवा मृत अवस्थामा फेला परेका छन्। इनरुवास्थित कार्यालयमा मृत भेटिने ती व्यक्ति मुस्लिम समुदायको भएको खुलेपनि अन्य जानकारी प्रहरीले दिइसकेको छैन।

मृत्युको विरोधमा स्थानीयहरुले भने इनरुवामा विरोध प्रदर्शन थालेका छन्। बिहानैदेखि सडक अवरुद्ध गर्नुका साथै टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। प्रहरी कार्यालय अगाडि नै टायर बालेका छन्। सुनसरीका भित्रि गाउँहरुबाट समेत मानिसहरु यतिखेर इनरुवा भित्रने क्रम जारी छ।

प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। मृतकका आफन्तहरुले छानविन गरी दोषीलाई कारवाहीको माग गरेका छन्।

 

Your Views
Related News