नेपाली काँग्रेस संसदीय दलकाे नया बानेश्वरमा बसेकाे बैठक । बैठकमा बाेल्दै प्रम शेरबहादुर देउवा

पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्पबारे सपना नदेख्न चेतावनी दिएका छन् । गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेपछि आइतबार प्रधानमन्त्रीले प्रजातन्त्रको विकल्प नभएको बताएका हुन्। ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, सबैले सुने हुन्छ । कसैले अरु कुनै सपना नदेखे हुन्छ,’ उनले भने ।

अरु प्रदेशका सरकारलाई पनि साक्षर घोषणा गर्न गण्डकीबाट प्रेरणा मिल्ने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गरे। निरक्षरहरुको तथ्यांक निकाली कार्यक्रम बनाइने पनि उनले सुनाए । शिक्षालाई अनिवार्य निशुल्क गर्दै लैजाने नीति लिएर आएको समेत उनले प्रस्ट पारे।

शिक्षा नागरिकको मौलिक हक भएको उनको अभिव्यक्ति थियो । त्यो हक नागरिकलाई दिलाउने दायित्व सरकारको भएको उनको जिकिर  छ।

 

Your Views
Related News