अछाम : अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको पंचदेवल बिनायक नगरपालिका १ कुईकामा आइतबार राति भएको सो दुर्घटनामा  १४ जना घाइते भएका छन्।

मृत्यु हुनेमा पंचदेवल बिनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

यस्तै वडा नम्बर ३ कै हिमाल नेपालीको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी तुल्सिराम अर्यालका अनुसार घाइते १४ जना मध्ये ११ जनाको जिल्ला अस्पताल, एक जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ।

से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।

जिप खस्नुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Your Views
Related News