![](https://jalpakhabar.com/wp-content/uploads/2021/10/CF73E113-6F06-4777-8E9E-6FAD08E52246.jpeg)
धनगढी : कैलालीमा विङ्गर र मोटरसाइकल एकआपसमा ठोक्किदा १२ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरमा धनगढीबाट जादै गरेको से १ ज ११०५ नम्बरको वीङ्गरले से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१५ का लक्ष्मण चौधरीसहितका १२ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ । उनीहरुमध्ये मोटरसाइकल चालक चौधरीको अवस्था गम्भीर छ भने अन्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।