मुगु : मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको छ। दुर्घटनामा घाइते १६ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। जसमध्ये ३ जनाको हेलिकोप्टरबाट  र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्‍ज लगिएको छ। घाइते एकजना बालिकाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। बसमा ४० जना यात्रु सवार थिए।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख  ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ।

 

Your Views
Related News