नुवाकोट : नेपाली कांग्रेस नुवाकोटका नेता प्रकाशशरण महतले नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा भएको बस दुर्घटनाका घाइतेलाई निःशुल्क उपचार गर्न सरकारसंग अनुरोध गरेका छन्। दुर्घटनाको खबरले आफू स्तव्ध भएको उल्लेख गर्दै उनले यस्तो माग गरेका हुन्।

‘दुर्घटनामा घाइते हुनुभएका सबै यात्रुहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरुको निःशुल्क उपचार गर्न सरकारसंग अनुरोध गर्दछु,’ उनले भनेका छन्। त्यस्तै, महतले विगत केही समययता नेपालमा दिनहुँ भैरहेका सवारी दुर्घटनालाई मुल्यांकन गरेर सवारी सञ्चालनमा केही सुधारको आवश्यकता रहेको औँल्याएका छन।

उनले सवारी दुर्घटना रोक्न सरकार, ट्राफिक प्रहरी, स्थानीय प्रशासन, सवारी धनी, चालक तथा सहचालक र यात्रुहरु सबैलाई सजगता र सावधानी अपनाउनसमेत अनुरोध गरेका छन्।

म दुर्घटनामा घाइते हुनुभएका सबै यात्रुहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । घाइतेहरुको निःशुल्क उपचार गर्न सरकारसंग अनुरोध गर्दछु । विगत केही समय यता नेपालमा दिनहुँ भैरहेका सवारी दुर्घटनालाई दृष्टिगत गर्दा नेपालको सवारी सञ्चालनमा केही सुधारको आवश्यकता भएको बोध हुन गएको छ ।

सवारी दुर्घटना रोक्न सरकार, ट्राफिक प्रहरी,स्थानीय प्रशासन, सवारी धनी,चालक तथा सहचालक र यात्रुहरु सबैलाई सजगता र सावधानी अपनाउन पनि म हार्दिक अनुरोध गर्दछु । जय नेपाल !”

 

Your Views
Related News