धान बाली डुबानमा।

काठमाडौं : हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहेपनि केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ। कतिपय स्थानमा बाक्लो हुस्सु र बादल लागेको छ।

शुक्रबार दिउँसो प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

राती प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, लुम्बिनी  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि वर्षाको सम्भावना रहेको छ।

अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी १ सय १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

Your Views
Related News