गोदावरी : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताएका छन्। धनगढीको गेटा विमानस्थलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने जिकिर गरेका हुन्।

नेपाली कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा नभएको र यो संविधान विपरीत हुने चर्चा गर्दै नेता पौडेलले संविधानमा ‘अर्ली इलेक्सन’बारे उल्लेख नभएकाले छिट्टै चुनाव हुन नसक्ने बताए। संविधान जोगाउन आफूहरु अदालत गएको र अदालतको निर्णयले संसद्को आयु लम्बिएको जाकारी दिँदै उनले संविधानको रक्षाका लागि सरकार बाँकी समयसम्म चल्ने बताए । नेता पौडेलले एमसिसी पास गर्ने अधिकार संसद्लाई रहेकाले आफू सांसद नभएकाले त्यो विषयमा बोल्न नमिल्ने धारणा राखे।

 

Your Views
Related News