काठमाडौं : नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निकास दिनुपर्ने बताएको छ । बारका उपाध्यक्ष अधिवक्ता रक्षा वस्यालका अनुसार बैठकमा प्रधानन्यायाधीशको राजीनामाबारे छलफल भएको थियो । उनले भनिन्, ‘भोलि सल्लाहकारसँगको बैठक छ। त्यसपछि थप निर्णय गर्छौं।’

सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका छन्। प्रधानन्यायाधीश जबराले प्रभावकारी ढंगले न्यायालय संचालन गर्न नसकेको भन्दै उनीहरुले राजीनामा माग गरेका हुन्।

सोमबार बिहान इजलास बहिष्कार गर्दै १३ जना न्यायाधीशले छुट्टै बैठक गरेका थिए। न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्गप्रशस्त गरिदिन आग्रह गर्ने स्रोतले बताएको छ।

प्रधानन्यायाधीश जबराले सोमबार बोलाएको फूलकोर्ट पनि न्यायाधीशहरुले बहिष्कार गरेका थिए।

 

Your Views
Related News