काठमाडौं : अध्यागमन विभागले अवैध ढंगले नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकमाथि अनुसन्धान सुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोमबार सिनामंगलस्थित एक होटलबाट पक्राउ गरी उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो ।

अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले पक्राउ परेका अफगानीमाथि अध्यामगन ऐन/नियम अनुसारर नै कारबाही हुने बताए । निर्देशक ढकालले अन्नपूर्णसँग भने, ‘नाका छलेर गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई सोहीअनुसार कारबाही हुन्छ।’ अध्यागमन विभागको हिरासतमा रहेका ११ अफगानी नागरिकले नाका छलेर नेपाल प्रवेश गरेका हुन् ।

पक्राउ परेका अफगानीमध्ये केही बालबालिका र महिला समेत छन् । अफगानिस्तानमा तालेबानीले सत्ता कब्जा गरेपछि त्यहाँका नागरिक विस्थापित भएर अन्य मुलुक जाने क्रम बढेको छ ।

सशस्त्र प्रहरी बलले सीमा सुरक्षाको जिम्मेवारी पूरा गर्न नसक्दा भारतको बाटोहुँदै रोहिंज्या,अफगानीलगायत अन्य विदेशीहरु अवैध  ढंगले नेपाल प्रवेश गर्ने  गरेका छन् । उनीहरु कहिले नेपाल प्रवेश गरेका हुन् भन्ने विषय खुलेको भने छैन ।

 

Your Views
Related News