पछिल्लो समय लगातार घट्दो क्रममा रहेको शेयर बजारले डाउनट्रेण्ड ब्रेक गर्दै उकालो लाग्न थालेपछि लगानीकर्ता उत्साहित देखिएका छन्।

घट्दो क्रममा रहेको नेप्सेले सोमबार नै डाउनट्रेण्ड ब्रेक गरी उकालो लागेको विश्लेषकहरुले बताएका थिए। ट्रेण्ड ब्रेक भएपछि बजारमा खरिदकर्ता धेरै हाबी भएका छन्।

मंगलबार नेप्से सूचक ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स पनि ११.५० अंकले बढेको छ।

नेप्से सूचक उच्च अंकले बढ्दा कारोबार रकम पनि निरन्तर बढ्न थालेको छ। सोमबार नै औषत कारोबार अर्थात ४ अर्ब बढीको कारोबार भएकोमा मंगलबार कारोबार रकम साढे ६ अर्ब नजिक पुगेको छ।

यस दिन ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३१ रुपैयाँ बराबरको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर कारोबार भएको छ।

  • २० कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

मंगलबार कारोबारमा आएका २० वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उच्च रुपले शेयरमूल्य बढ्ने कम्पनीमा अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन्।

शेयरमूल्य उच्च रुपले बढ्ने कम्पनीमा खानीखोला हाइड्रोपावर, ङादी ग्रुप पावर, घलेम्दी हाइड्रो, माउन्टेन हाइड्रो र चन्द्रागिरी हिल्स शीर्ष स्थानमा रहेका छन्।

यस्तै उच्च रुपले शेयरमूल्य घट्ने कम्पनीमा साना किसान लघुवित्त सबैभन्दा शीर्ष स्थानमा रहेको छ। उसको शेयरमूल्य प्रतिकित्ता २ प्रतिशतले घटेको छ भने रैराङ हाइड्रोपावरको ०.९७ प्रतिशत र कालिका लघुवित्तको ०.८९ प्रतिशतले घटेको छ।

यस दिन कामना सेवा विकास बैंकको सबैभन्दा धेरै ४४ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंकको ३४ करोड ७८ लाख, एनआइसि एशिया बैंकको २४ करोड ५५ लाख र अरुण भ्याली हाइड्रोपावरको १६ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

मंगलबार होटल उपसमूहको सूचक सबैभन्दा धेरै ७.५१ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ५.६१ प्रतिशत र हाइड्रोपावर उपसमूहको पनि ४.३३ प्रतिशतले बढेको छ। अन्य सबै उपसमूहको सूचक पनि सकारात्मक छन्।

 

Your Views
Related News