काठमाडौं : बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेका हुन् ।

प्रदेश सरकारले बुधबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिएको जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मिति २०७४।०७।११ गते बिहीबार अपरान्ह ३ बजेभित्र वागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न आह्वान गर्नुभएको छ ।’

 

Your Views
Related News