काठमाडौं : जल तथा मौसम विज्ञान विभागले नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाबाट बिहीबार जारी मौसम बुलेटिनमा अझै केहि दिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा  रहेको छ। बिहीबार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राती देशभर आंशिक बदली  देखि सामान्यतया मौसम सफा  रहने छ।

शुक्रबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राती उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।

 

Your Views
Related News