नुवाकोट : नेकपा माओवादी केन्द्रका नेता समेत रहेका सूर्यगढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भैरब अधिकारीसहित ९ जना विदुर नगरपालिका वडा नम्बर ५ गंगेटेको जुवा खालबाट रंगेहात पक्राउ परेका हुन ।

नुवाकोट प्रहरीले विशेष सूचनाको आधारमा बिहीबार साँझ ६ बजे होटल हारतीमा छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा भैरव अधिकारी र होटलका सञ्चालक नविन चित्रकारसहित ९ जना रहेका छन ।

उनीहरूसँग अहिले वयान लिनेक्रम जारी छ । प्रहरीले भोलि मुद्दा दर्ता गर्ने तयारी गरेको छ । उनीहरूको साथबाट प्रहरीले तीन लाखा ५२ हजार नगदसमेत बरामद गरेको छ ।

 

Your Views
Related News