काठमाडौं : नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएपनि पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शुक्रबार मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसम बुलेटिनमा शुक्रबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

राती देशको पहाडी भु-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार दिउँसो पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार प्रदेश १, बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बाग्मति प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

Your Views
Related News