टोकियो : जापानमा रेलभित्र एक व्यक्तिको अन्धाधुन्द चक्कु प्रहारबाट १७ जना मानिस घाइते भएका छन्। सीएनएनका अनुसार आइतबार साँझ चक्कु आक्रमण गर्ने २४ वर्षीय ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रत्यक्षदर्शीका अनुसार संदिग्ध ती व्यक्तिले ब्याटम्यान फ्रेन्चाइजी जोकरको चरित्र झल्किने पहिरन लगाएका थिए।

ती व्यक्तिले कम्तिमा पनि दुई जना मानिस मार्न चाहेको देखिएको प्रहरीले बताएको छ। अनुसन्धानका क्रममा उनले आफूले मान्छे मार्न चाहेको प्रहरीलाई बयान दिएका हुन्।

घटना स्थानीय समयअनुसार बेलुकी करिब ८ बजे घटेको प्रहरीले जनाएको छ।

 

Your Views
Related News