बुटवल। रुपन्देहीको बुटवल–१२ नयाँ गाँउमा तीन वटा घरमा आगलागी भएको छ ।

सडक पीच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी भएको र उक्त गाडीबाट स्थानीय गोपाल पाण्डेसहित अन्य दुई घरमा आगो सल्केको प्रहरीले जनाएको छ ।

आगलागीबाट एकतले घर जलेर पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा सामानय क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

आगलागीलाई तीनवटा दमकल र प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका केसीले बताए । आगलागीबाट भएको क्षतिको यकिन भइनसकेको प्रहरीले बताएको छ ।

 

Your Views
Related News