टेस्लाका संस्थापक एलन मस्कले सामाजिक संजालमा दिएको बयानका कारण घाटा बेहोर्नुपरेको छ । पछिल्लो दुई दिन यता उनको कम्पनीमा भइरहेको गिरावटलाई हेर्दा उनलाई ५० अर्ब डलर घाटा भइसकेको छ ।

गत साता एलन मस्कले सामाजिक संजालमा एक पोष्ट गरेका थिए । सो पोष्टमा उनले के कम्पनीमा भएको आफ्नो १० प्रतिशत शेयर बेचाैँ? भनेर प्रश्न गरेका थिए । उनले आफूसँग केवल स्टक भएको र उनले व्यक्तिगत हिसाबले कर तिर्न सक्ने उपाय केवल शेयर बेच्नु भएको पनि ट्वीटमा लेखेका छन् । मस्कले गरेको ट्वीटमा ३५ लाख भन्दा धेरै मानिसले मत हालेको पाइएको छ जसमध्ये ५९.६ प्रतिशतले “हुन्छ” भन्नेमा भोट गरेका छन् भने ४२.१ प्रतिशतले शेयर बेच्न नहुनेमा मत हालेका छन् ।

यस ट्वीटभन्दा अघि नै उनका भाईले धेरै शेयर बेचिसकेका थिए । मस्कले पहिले पनि यस वर्षको चौथो त्रैमाससम्ममा आफ्नो शेयर कम गर्न चाहेको बताएका थिए ।

एक लगानीकर्ताका अनुसार मस्क आफ्नो कर्जा कम गर्नका लागि शेयर बेच्न चाहन्छन् । टेस्लामा लगातार आफ्नो शेयर बिक्री गरिरहेको एआरके इन्भेष्टमेन्ट म्यानेजमेन्टलाई मंगलबार ७.५ अर्ब डलर घाटा भएको छ । यस्तै ओरेकल कर्पलाई पनि २.१ अर्ब डलर घाटा भएको हो । यी दुबै कम्पनी टेस्लाका लगानीकर्ता हुन् । टेस्लामा गिरावट आएपछि मस्कको सम्पत्तिमा ७० प्रतिशत बढोत्तरी भएको छ ।

टेस्लाको शेयरमा आएको गिरावटका कारण जेफ बेजोस र एलन मस्कका बिच अब ८३ अर्ब डलरको फरक रहेको छ । अघिल्लाे सातासम्म मस्क बेजोसभन्दा ११६ अर्ब डलर अगाडि थिए । मस्कको सम्पत्ति ३१५ अर्ब डलर थियो र बेजोसको सम्पत्ति २९९ अर्ब डलर रहेको थियो । मस्क यहि जनवरीमा पहिलो पटक बेजोस भन्दा अघि निक्लेका थिए ।

टेस्लाको शेयर यस वर्ष निरन्तर वृद्धि भएको छ । यस कम्पनीको आम्दानीमा वृद्धि भइरहेको छ भने अर्को कम्पनी स्पेसएक्सको मूल्य धेरै छ । हाल टेस्लाको बजार पूँजीकरण एक ट्रिलियन डलर भन्दा धेरै छ । अघिल्लो महिना मात्र हर्ज ग्लोबलले टेस्लालाई एक लाख कारको अर्डर दिएको थियो । जसकारण टेस्लाको शेयर बढ्यो र मस्कको सम्पत्ति ३११ अर्ब डलर पुग्यो ।

 

 

Your Views
Related News