काठमाडौं : तराईबासीको ठूलो पर्व छठको अवसरमा बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

काठमाडौंको गौरीघाट, थापाथलीलगायतका स्थानमा बनाइएको छठ घाटमा भेला भएका ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन् ।

कोरोना महामारीका कारण गत वर्ष काठमाडौंका जलासयमा यसरी छठ घाट बनाएर छठ पूजा गरिएको थिएन । धेरैले घरमै सामान्य पोखरी र जलासय बनाएर पूजा गरेका थिए । यस वर्ष भने गुह्येश्वरी गौरीघाट क्षेत्रमा हजारौँ भक्तजनको छठ पूजा गर्न भेला भएका थिए ।

त्यस्तै काठमाडौंको थापाथलीमा पनि छठ पूजा गर्नेको संख्या धेरै थियो । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधना गरेकी छन् । छठी माताको प्रतिमामा पूजा आराधना गरी उनले गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरिन् ।

 

Your Views
Related News