बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । उनले माओवादी केन्द्र र काँग्रेसका एक–एक जना समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।  मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार पाण्डेले माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल र काँग्रेस संसदीय दलका सचिव नीमा लामालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रीमा र लामालाई स्वास्थ्य मन्त्री नियुक्त गर्ने तयारी भएको छ । यसअघि जम्कट्टेल एमाले नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए ।

उनीहरुको शपथ आजै साँझ ५ बजे गर्ने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशका हाल कायम रहेको ८ मन्त्रालय मध्ये मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री कार्यालय सहित थप ४ मन्त्रालय सम्हाल्दै आएका थिए । मुख्यमन्त्री पाण्डेले स्वास्थ्य मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राखेका थिए ।

यस्तै मुख्यमन्त्री नियुक्त भएकै दिन कात्तिक ११ गते पाण्डेले ३ मन्त्री नियुक्ति गरेका थिए । यद्यपि मन्त्रिपरिषद् विस्तारले भने अझै पूर्णता पाउन बाँकी नै छ ।

 

Your Views
Related News