नेकपा एमालेले आगामी मंसिरमा ( १०, ११ र १२) गते चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनमा भिन्नै लोगो प्रयोग गर्ने भएको छ । गत असोजमा सम्पन्न विधान महाधिवेशनले सूर्यभित्र हँसिया हथौडा रहेको पार्टीको लोगो पारित गरेको थियो । तर, विधान महाधिवेशनले पारित गरेको उक्त लोगो राष्ट्रिय महाधिवेशनमा भने प्रयोग नगरी फरक लोगो प्रयोग गर्ने भएको हो । एमाले महाधिवेशन मुल व्यवस्थापन समितिले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्दा सूर्यभित्रको हँसिया हथौडा भएको लोगो नराखी अर्कै लोगो सार्वजनिक गरेको हो ।

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले सार्वजनिक गरेको राष्ट्रिय महाधिवेशनको लोगोमा दुर्लभ एकसिंगे गैँडाको मस्कटले कम्युनिस्ट पार्टीको झण्डा उठाएको छ । त्यस्तै लोगोको दायाँतर्फ सूर्य चिन्ह पनि राखिएको छ । महाधिवेशनको लोगो सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको लोगोले राजनीतिक र पर्यावरणीय सन्देश दिने बताए ।

‘चितवन पर्यटकीय जिल्ला हो र त्यहाँको मुल विशेषता पर्यटन हो त्यहाँ गैँडाले कम्युनिस्ट पार्टीको झण्डा बोकेको छ’, प्रचार विभाग प्रमुख भट्टराईले भने आजकाल गैँडाहरू क्लाइमेट चेन्ज र वातावरणीय प्रभावले गैँडाहरू गाउँ, शहर आउने र सडकमा आउने गरेका छन् । तर हामीले हाम्रो महाधिवेशनमार्फत गैँडाहरूलाई वासस्थानतिर नै फर्काउँदैछौ । गैँडा अव त्यतै जानेछ ।’

उनले उक्त लोगोले पर्यावरणीय र राजनीतिक सन्देश दिने बताए । ‘यसको पर्यावरणीय र राजनीतिक सन्देश पनि छ’, भट्टराईको भनाइ छ ।
 

Your Views
Related News